दफा १०७
विज्ञ समूह
(१) ऐनको दफा १५४ को प्रयोजनको लागि देहाय बमोजिमको विज्ञ समूह गठन हुनेछ:-

(क) ऐनको दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरु मध्ये समितिले तोकेको एक जना सञ्चालक - संयोजक

(ख) महान्यायाधिवक्ताको कार्यालयको कम्तीमा राजपत्राड्ितप्रथम श्रेणीको प्रतिनिधि - सदस्य

(ग) नेपाल प्रहरीको नायब प्रहरी महानिरीक्षक - सदस्य

(घ) बीमकहरु मध्येको एक जना कार्यकारी प्रमुख - सदस्य

(ङ) प्राधिकरणको सम्बन्धित विभागको विभागीय प्रमुख - सदस्य-सचिव

(२) उपनियम (१) को खण्ड (घ) बमोजिमको प्रतिनिधि प्राधिकरणले मनोनयन गर्नेछ।

(३) /उपनियम (१) बमोजिमको विज्ञ समूहले दिएको राय अध्यक्ष समक्ष पेस गरिनेछ र अध्यक्षले त्यस्तो प्रतिवेदन समिति समक्ष पेस गर्नु पर्नेछ।

(४) विज्ञ समूहले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ आमन्त्रण गर्न सक्नेछ।

(५) उपनियम (१) बमोजिमको बैठक सम्बन्धी अन्य कार्यविधि समूह आफैंले निर्धारण गरे बमोजिम हुनेछ।